Worldlink ads

मादीको तेस्रो गाउँसभा

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५

पोखरा, ३० असार । “मादी गाउँपालिका निर्माणको एक अभियान, समृद्ध मादी निर्माणको एक अभियान” भन्ने मूलनाराका साथ कास्कीको मादी गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न भएको छ ।

गाउँ सभाले विगत १ वर्षदेखि गठन हुन नसकेको न्यायिक समिति र विपक्षी दलको संयोजकतवमा बन्ने सार्वजनिक लेखा समिति सर्वसम्मत् चयन गरेको छ ।

शुक्रबार सकिएको सभाले मादी गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलको संयोजकत्वमा न्यायिक समिति गठन गरेको हो । समिति सदस्यमा शिवप्रसाद सापकोटा र धनमाया गुरुङ छन् ।

यस्तै, नेपाली काँग्रेसका युवा नेता सरोज केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरियो । जसको सदस्यमा सूर्यबहादुर रानाभाट र दिलबहादुर गुरुङ छन् ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा भएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गरेका थिए ।

इन्द्रबहादुर खत्री संयोजकत्वमा गठित विधायन समितिमा नारायण सापकोटा र शिव खत्री चयन भए । यस्तै विष्णुप्रसाद गौतमको संयोजकत्वमा गठित सुशासन समितिको सदस्यमा गमबहादुर गुरुङ र दिलबहादुर गुरुङ छन् ।

सभाले गाउँपालिकाको आवधिक योजना पनि पारित गरेको काँग्रेसका युवा नेता सरोज केसीले जानकारी दिए । सभाले विभिन्न २२ वटा कानून पास गरेको छ ।

सभाले गौरवको योजना, कानूनसम्बन्धी एजेण्डा सहित ४४ करोड ३२ लाख ३३ हजार ६ सय ४ रुपैयाँ बराबरको बजेट बिनियोजन गर्दै पारित गरेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट…
    • ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा स्वीकृत

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा। अनुप गुरुङको राजीनामा…
    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग