Worldlink ads

मिस पोखरालाई अस्टे्रलिया घुम्ने अवसर

आदर्श समाज सम्वाददाता
असार २८, २०७५

पोखरा, २७ असार । पोखरा जेसीजले आयोजना गर्ने मिस पोखरा-२०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मिस पोखरा कार्यक्रमका मूल संयोजक देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समीर थापाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।मिस पोखरा कार्यक्रम युवा नारीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपूर्ण कार्यक्रम हो। जसबाट युवा नारीहरुले आफूभित्रको क्षमता प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन्।

व्युटी विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागिएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन्।

अष्टे्रलिया, काठमाडौं, पोखरा लगायत विभिन्न स्थानबाट शैक्षिक परामर्श दिँदै आएको हिमा अस एजुकेशन कल्सल्टेन्सीले एक हप्ता विजेतालाई आफ्नै खर्चमा भ्रमणमा लाने गरि समझदारी भएको हो। साथै मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वतः प्रवेश समेत पाउने व्यवस्था छ।

पोखरा जेसिजसँग महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा हिमा अस एजुकेशनका प्रबन्ध निर्देशक थापाले आयोजकलाई धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads