Worldlink ads

गर्भवती र सुत्केरी आमालाई कुखुरा

आदर्श समाज सम्वाददाता
असार २४, २०७५

नवलपरासी, २३ असार। कावासोती नगरपालिकामा ३ सय जना गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको छ। कावासोती नगरपालिकामा सञ्चालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत कुखुरा वितरण गरिएको हो।

नगरपालिकामा ३ सय जना सुनौला हजार दिनका आमाहरुका लागि एक जोडीका दरले कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम कावासोतीका फोकलपर्सन राजेन्द्रप्रसाद सापाकोटाले बताए।

सापकोटाले पशु सेवाअन्तर्गत कुखुरा वितरण गरिएको र शिक्षा शाखाअन्तर्गत विद्यालय, विद्यालयमा गएर सरसफाइ र सन्तुलित तथा पौष्टिक आहारबारे जानकारी गराउँदैआएको बताए। त्यस्तै कृषि शाखाअन्तर्गत बीउविजन वितरण गरियो ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले कुपोषणको जोखिममा रहेका बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्वमात्र भएको भए पनि योसँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान दिन सकियोस् भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको बताए।

कावासोती नगरपालिकामा चालु आर्थिक वर्षमा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयबाट  १५ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि करिब १७ लाख ७० हजार बजेट बिनियोजन भएको छ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका १५ वटै स्थानीय तहमा अहिले बच्चामा हुन सक्ने कुपोषण रोक्नका लागि सुनौली हजार दिन कार्यक्रम सञ्चालित छ ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्ितष्कको विकास भइसक्ने भएकोले सुनौली हजार दिनअन्तर्गत स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। यो खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम हो।

नवलपरासीमा ४ सय २४ जनाभन्दा बढी बालबालिका कडा शीघ्र कुपोषण भएका बालबालिका भेटिएका थिए।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांक अनुसार नवलपरासीमा ३२ हजार बालबालिकामा गरिएको परीक्षणमा ४ सय २४ जना यस्ता बालबालिका भेटिएका हुन्। पूर्वी र पश्चिम नवलपरासी गरी २ जिल्लामा ६ महिनामाथिका ५ वर्षमुनीका करिब ६४ हजार बालबालिका रहेको तथ्यांक छ। तीमध्ये २ हजार ६ सयभन्दा बढी बालबालिकामा कडा शीघ्र कुपोषण रहेको अनुमान गरिएको छ। मृत्यु भएका बालबालिकामध्ये ५२ प्रतिशत कुपोषणकै कारण मृत्यु हुने गरेको पाइएको छ। प्रति १ हजार बालबालिकामध्ये कुपोषणकै कारण जन्मिएको २८ दिनभित्र २१ जना, एक वर्षभित्र ११ जना र पाँच वर्षभित्र ७ जना बालबालिकाले ज्यान गुमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका छवि गिरीले बताए।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads