पोखरा, १८ असार। चीनबहादुर प्यारी प्रतिष्ठानले वीरेठाँटी माविबाट एसर्इइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी सविन थापामगरलाई ३ हजार रुपैयाँ सहित विशेष सम्मान गरिएको थियो। यसपटक विद्यालयबाट ३४ जनाले एसर्इइ उत्तीर्ण गरेका थिए।
प्रमुख अतिथि विद्यालय सल्लाहकार समिति संयोजक एवं लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले विद्यालयमा ११ कक्षा सञ्चालनका लागि सबैखाले सहयोग गर्ने उल्लेख गरे। उनले मध्य मोदी जलविद्युत् आयोजनाबाट विद्यालयका लागि २० लाख जुटाइदिने प्रतिवद्वता व्यक्त गरे।
अन्नपूर्ण गाउँपालिका सदस्य खगेन्द्र गौचन र वडा ८ सदस्य टेकबहादुर गुरुङले वीरेठाँटी माविमा ११ कक्षा सञ्चालनका लागि ५ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण गौचन, संरक्षण समितिका अध्यक्ष टेकबहादुर गुरुङ, वीरेठाँटी आमा समूहकी अध्यक्ष विष्णुमाया गुरूङ, वीरेठाँटी क्यानोनिङका सञ्चालक सुरेश गुरुङ, पोखरा क्यानोनिङका राम गुरुङ र समाजसेवी प्रेमबहादुर थापाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयलाई सहयोग रहने बताए।
चीनबहादुर प्यारी प्रतिष्ठान अध्यक्ष पूर्ण म्हिगि कोनेले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्कस्वरुप जनही १ हजार ५ सय छात्रवृत्ति स्वरुप प्रदान गर्ने घोषणा गरे।
प्रतिष्ठान अध्यक्ष पूर्ण म्हिगि कोनेको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक चन्द्रराज आचार्यले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१