Worldlink ads

एसओएस दिवसमा सरसफाइ

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
News photo SOS pokhara

पोखरा, ६ असार । ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस हप्ताव्यापी मनाउनेक्रममा एसओएस बालग्राम नेपालले तनहुँको दुलेगौँडा, जाम्पालिङस्थित लोडिक वृद्घाश्रममा उपहार वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

मंगलबार संस्थाका गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा बालग्रामका कर्मचारीहरु, आमाहरु, बाल क्लब, युवा क्लब पदाधिकारी तथा एसओएस हर्मन माइनर विद्यालय पोखराका स्कूल लिडरहरुको सहभागिता थियो।

सोक्रममा वृद्घाश्रमका शौचालयदेखि प्रत्येक कोठा तथा परिसर वरपर पनि सरसफाइ गरिएको थियो।

कार्यक्रममा पोखरा बाल क्लबका अध्यक्ष ढुन्डुप छिरिङले वृद्घ आमाबाबाको नङ काट्ने, कपाल काट्ने लगायत शारीरिक सरसफाइमा सहयोग गर्दै उनीसँग कुराकानी गर्न र उपहार दिन पाएकोमा ज्यादै खुसी लागेको बताए।

एसओएस बालग्राम पोखराका योजना निर्देशक लोब्सङ ग्याल्छेनले एसओएस बालग्रामका संस्थापक पिता डा हर्मन माइनरको जन्म दिन जुन २३ का दिन प्रत्येक वर्ष विश्वका १ सय ३४ मुलुकमा जन्मजयन्तीका रुपमा एसओएस दिवस मनाइने गरिन्छ ।

एसओएस बालग्राम पोखराले पनि सप्ताहव्यापी कार्यक्रम अनुसार बालबालिका र युवालाई सामाजिकीकरण प्रक्रियामा सहयोग पुगोस् भन्ने हेतुले सो कार्यक्रम गरेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग