Worldlink ads

चिउली पाचे तमु समाजमा कार्यालय कक्ष उद्घाटन

आदर्श समाज सम्वाददाता
असार ५, २०७५
chiuli

पोखरा, ४ असार । पोखरा लेखनाथ महानगरपालिका वडा १२, चापापानीस्थित चिउली पाचे तमु समाजको पहिलो तलामा निर्मित कार्यालय कक्ष र मञ्च उद्घाटन गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलका उपाध्यक्ष एवं राप्रपा सहमहामन्त्री चन्द्रबहादुर गुरुङले सो उद्घाटन गर्दै आफू पोखरामै हुर्की बढेको र यही पढेको हुँदा समाजलाई सहयोग गर्नु आफ्नो कर्त्तव्य भएको बताए ।

उनले आफ्नै जनजातिका समाजलाई यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माणमा कुल ८ लाख २६ हजार ९ सय ८३ रुपैयाँ लागेकोमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ४ लाख उपलब्ध गराएको थियो भने बाँकी समाजको कोषबाट खर्च भएको समाजका अध्यक्ष रणबहादुर गुरुङले जानकारी दिए ।

समाजका सल्लाहकार क. कमालसिंह गुरुङले प्रमुख अतिथिको जीवनबारे प्रकाश पार्दै अझै आफ्नो सर्वमान्य स्थान जोगाउन शुभकामना दिए ।

कार्यक्रममा कोषाध्यक्ष सु. तिलप्रसाद गुरुङले भवन निर्माणमा भएको आम्दानी तथा खर्च विवरण पेस गरेका थिए ।

समाजका उपाध्यक्ष बलबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली काँग्रेस इकाइ समिति अध्यक्ष सु. जंगप्रसाद गुरुङ, ध्रुवबहादुर गुरुङ, आमा समिति अध्यक्ष पदमशोभा गुरुङ लगायतले प्रतिष्ठान सबै जनजातिको भलो चाहने संस्था भएको बताए ।

समाजका अध्यक्ष रणबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव डम्बरबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • महिलाहरुको लागि चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले…
    • पोखरा घुम्ने बहाना

      विजय नेपाल मंसिर १८, २०७८
      पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको…
    • एसियन फोरमको अन्तक्र्रिया

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास…
    • रोस्टर प्रशिक्षक प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । तालिम केन्द्र दमौलीको…
    • लागु औषधसहित २ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग