Worldlink ads

सिद्धबराह मन्दिरमा सहयोग प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
असार ५, २०७५

पोखरा, ४ असार । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३, ठूलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ।

मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग प्रालि सल्लाहकार राजेश गुरुङले बताए । उनले यसअघि खास्टेको मन्दिर संरक्षणमा पनि सहयोग गरेका थिए।

मन्दिरको चेन गेट लगाउने, फलामको ट्रस्ट बनाउने, बाटो मर्मत गर्ने, गुरुकुल आश्रममा अध्ययनरत बटुकको पठनपाठनमा आवश्यक सामग्री सहयोग प्रालिले गर्ने गुरुङले बताए।

मन्दिरको संरक्षण गरेर प्रचारप्रसार गर्न सके पर्यटकको संख्या बढ्न सक्ने सिद्ध बराह तपोवन सन्यास आश्रमका उपाध्यक्ष कलाधर भण्डारीले बताए।

वडाध्यक्ष विष्णु पराजुलीले मन्दिर संरक्षण गरी प्रचारप्रसार गर्नुपर्ने बताए। माझथुम नौबिसे टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालले मन्दिर धेरैको आस्थाको केन्द्र भएकाले संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा स्थानीयबासी हरि भण्डारी, वडासदस्य भरत भण्डारी, आश्रमका कोषाध्यक्ष टंकप्रसाद पराजुली, आश्रमका शिक्षक निजानन्द पौडेल लगायतले मन्दिरको महोत्वबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads