मन्त्री पण्डितद्वारा निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण

विमानस्थल तोकिएकै समयमा

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
lal babu

पोखरा, २ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएकै समयमा सकिने दावी गरेका छन् ।

निर्माणाधीन विमानस्थल शनिबार निरीक्षण गर्दै उनले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको आश्वासन समेत दिए । निर्माणबारे विभागीय मन्त्रीसँग समेत पोखरा विमानस्थलबारे कुरा भएको जानकारी दिँदै उनले स्थानीय सरकारदेखि संघीय सरकारसम्म विमानस्थलका बारेमा सकारात्मक रहेको उल्लेख गरे । विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनन्कर्मीसँग भेटी विमानस्थल निर्माणका क्रममा केही समस्या भए नभएकोबारे मन्त्री पण्डितले जिज्ञासा राखेका थिए।

‘यो राष्ट्रिय गौरवको आयोजना सबैको साथ सहयोगबाट सम्पन्न हुनेछ। स्थानीय सरकारदेखि संघीय सरकारसम्म यसमा सकारात्मक छ।’ मन्त्री पण्डितले भने, ‘काम भइरहेको छ। ठेक्का लिने कम्पनीले काम गरिरहेको छ। अहिले आएका भनिएका कुराहरु कि पहिल्यै आउनुपर्छ। बनाउने-नबनाउने उपयुक्त स्थान हो होइन, पहिल्यैको कुरा हो। चार दशकदेखि पोखरेलीले कुरेको विमानस्थल बनाउनुपर्छ भन्नेमा सरकार छ।’

मन्त्री पण्डितले निजगढ विमानस्थल त्रिभुवन विमानस्थलभन्दा अझ राम्रो हुने र भैरहवा विमानस्थल छिट्टै सञ्चालनमा आउने पनि सो क्रममा जानकारी दिए । सो क्रममा आयोजना प्रमुख इञ्जिनियर मुनन्कर्मीले हालसम्म ४५ प्रतिशत माटोसम्बन्धी कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १२ प्रतिशत काम सकिएको जानकारी दिए । उनले रिठ्ठेपानीडाँडा १४ दशमलब २ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको हुने जानकारी दिए। विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाइ छ। पोखरा १४ का पूर्व अध्यक्ष भीमसेन थापाले पोखरा विमानस्थलमा बेलाबेलामा बखेडा झिक्ने काम भइरहको भन्दै पोखराको विकासमा काठमाडौं सधैँ नकारात्मक देखिएको ठोकुवा गरे । उनले मन्त्री पण्डितलाई विमानस्थल निर्माणमा कुनै नकारात्मक असर पर्ने खालको देखिएमा सहयोग गर्न अनुरोध गरेका थिए। सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषानारायण पौडेल, पोखरा लेखनाथ महानगरपालिका वडा १४ अध्यक्ष प्रेमबहादुर कार्की, ठेक्का लिएको कम्पनी चाइनाको सिएमसिईका झु झान फेङ लगायतको उपस्थिति थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जारी रहेको बेला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित विज्ञ टोलीको सुझावलाई लिएर विमानस्थलबारे तरंग उत्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    लेखनाथ । सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पोखरा २८…
  • जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । पोखरा १८ खपौंदीका ९१ जलारी परिवार माछा व्यवसायमा निर्भर छन् । उनीहरूको आयआर्जनको स्रोत नै माछा हो ।…
  • ‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पर्यटकीयस्थल लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि प्रहरीले निगरानी बढाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय र…
  • पर्यटन बसपार्क जिम्मा ए वानलाई

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सन, पोखराले पाएको छ । पोखरा उपत्यका नगर विकास…
  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…

hero news full width