नुवाकोट, २८ जेठ । प्रदेश ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले सोमबार यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ।
प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना, भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्याड्ढ संकलन गरेको हो।
जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिए।
उनका अनुसार राजधानी चयनका लागि सचिवालयमा दर्ता भएका प्रस्तावहरूको आधारमा नुवाकोटबाट स्थलगत अध्ययन गरी समितिले कामलाई तीव्रता दिएको हो।
“केही दिनअघि प्रश्नावलीमार्फत तथ्याड्ढ संकलन गरी प्रस्ताव दर्ता भएका जिल्लाहरूको वस्तुस्थितिको जानकारी लिएका थियौँ।” उनले भने, “स्थलगत अध्ययनको क्रममा देखिएका पक्षलाई समावेश गरी प्रदेशसभामा प्रतिवेदन पेश गर्नेछौँ।”
अध्ययनमा आएको टोलीलाई यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्यहरू बद्री मैनाली, हीरानाथ खतिवडा, आशामाया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसहित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतले प्रदेशको राजधानी नुवाकोट हुनुपर्ने आधार पेश गरेका थिए। जिसस नुवाकोटले समितिलाई उपलब्ध गराएको तथ्याड्ढमा राजधानीका लागि १२१ वटा प्रश्नावलीमा फोरेन्सिक प्रयोगशाला, अत्याधुनिक प्रयोगशाला, प्राकृतिक चिकित्सा अस्पताल, चिडियाखाना, बिज्ञान तथा प्रविधि प्रतिष्ठान र र·शाला बाहेक ‘सबै संरचना उपलब्ध भएको’ उल्लेख छ।
नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब काभ्रे, भक्तपुर, चितवन र मकवानपुरको अध्ययनपश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने समितिका सदस्य रीता माझीले जानकारी दिए। समितिको म्याद असार ११ गते सकिँदैछ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१