Worldlink ads

‘कास्कीलाई लागु औषधमुक्त बनाउँछु’

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
shaba kandra

लेखनाथ, २६ जेठ। कास्की प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्कीलाई लागु औषध र अपराधमुक्त क्षेत्र घोषणा गर्ने विषयलाई पुनः दोहोर्‍याएका छन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं समुदायिक प्रहरी सेवा तथा पोखरा लेखनाथ महानगरपालिका वडा २९ को आयोजनामा भएको लागु औषध नियन्त्रण महाअभियानअन्तर्गत बृहत सचेतनामूलक र्‍यालीलाई सम्बोधन गर्दै एसपी रानाले सो कुरामा जोड दिएका हुन् ।

उनले कास्कीलाई  अपराधमुक्त क्षेत्र बनाउने अभियानमा कुनै पनि कसर बाँकी नराखी लागु औषध उत्पादनकर्ता, बिक्रेता तथ प्रयोगकर्तालाई ठाउँको ठाउँ कारबाही गरेर देखाउने प्रतिबद्धता जनाए।

कास्कीको शान्तिसुरक्षामा कुनै कमी आउन नदिन र समाजमा शान्तिसुव्यवस्था स्थापित गराउँदै जाने उनले बताए ।

राजनीति आधारमा व्यवसायीलाई ठग्ने, धम्क्याउने र प्रलोभनमा पार्ने जस्ता अमानवीय कार्य गर्ने तस्करलाई  जनताकै सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरेरै छाड्ने एसपी रानाको भनाइ थियो।

लागुऔषध महाअभियान पोखरा लेखनाथ २९ का संयोजक जीजनदेव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति उपाध्यक्ष सोमनाथ बास्तोला, संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङले लागु औषध नियन्त्रणका सवालमा स्वयमं अभिभाक सचेत हुनुपर्ने सुझाव राखेका थिए।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

कार्यक्रममा लोकदोहोरी गायक शिवहरि ढुंगानाले जनचेतनामूलक गीत गाएका थिए।

Related News

सम्बन्धित समाचार

    • नेपालको जनसंख्या ३ करोडभन्दा कम

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तीमध्ये…
    • राष्ट्रिय सभा उपचुनाव आज

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । राष्ट्रिय सभाको उपनिर्वाचन बुधबार हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका…
    • निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं…
    • दैनिक १८ घण्टा विद्युत् भार कटौती

      रासस माघ ११, २०७८
      सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै…
    • सिद्धबाबा सुरुङमार्ग निर्माण अघि बढ्यो

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा…

    hero news full width