Worldlink ads

महेन्द्रपुलदेखि सिर्द्धार्थचोकसम्म सफाइ

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
cleaning

पोखरा, २६ जेठ । पोखरामा जारी बहृत सफाइ अभियान शनिबार महेन्द्रपुलदेखि चिप्लेढुंगाहुँदै सिर्द्धार्थचोकमा पुगेर सम्पन्न भएको छ ।

‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ १०६ हप्ताको सो अभियानमा झण्डै ५ टन फोहरमैला संकलन भएको महेन्द्रपुल महिला जागरण समूह अध्यक्ष उर्मिला कायस्थले बताइन् ।

कार्यक्रममा कास्की प्रहरी प्रमुख ओमबहादुर रानालाई अभियानका तर्फाट वडा ९ अध्यक्ष रामराज लामिछाने र अभियन्ता अञ्जु क्षेत्रीले स्वागत गरे ।

यसैबीच, अभियान संयोजक रामबहादुर पौडेलले वडा ४, ८ र ९ का वडाध्यक्षहरु क्रमशः शंकर बास्तोला, रुद्रनाथ बराल र रामराज लामिछानेलाई पोखराको मुख्य व्यापारिक केन्द्र महेन्द्रपुल, चिप्लेढुंगा र सिर्द्धार्थचोकको फोहेरमैला व्यवस्थापन एवं सरसफाइलाई उच्च प्राथमिकतामा राख्नेछु । महेन्द्रपुलदेखि वीपीचोकसम्म असरल्ल रुपमा थुपारिँदैआएको दुर्गन्धित फोहरमैला बिसर्जन गर्ने शैलीलाई हप्ताभित्र देखिने गरी सुधार गर्नेछु । यस क्षेत्रमा सडक व्यापार निरुत्साहित गर्नेछु तथा सडकपेटीमा जीवनयापान गर्ने असहाय वर्गको उचित व्यवस्थापनका लागि पहल गर्नेछुु भन्ने व्यहोराको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएका थिए ।

यसअघि उपस्थितलाई वडा ४ अध्यक्ष शंकर बास्तोलाले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

यसपटकको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, खहरे आमा समूह, मितेरी नारी समूह, महेन्द्रपुल महिला जागरण समूह, शान्तिनगर दिदीबहिनी समूह, सिर्द्धार्थ क्लब, योग समूह, सामाजिक अभियन्तालगायत जनप्रतिनिधि एवं स्थानीय संघसंस्थाको ऐक्यबद्धता रहेको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।

कार्यक्रममा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए । १०७ हप्ताको अभियान रानीपौवाचोकदेखि हस्पिटल चोकसम्म हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width