Worldlink ads

बाटो उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
bhanu

पोखरा, २६ जेठ । पोखरा  लेखनाथ महानगरपालिका वडा ११, भानुमार्ग टोल विकास संस्था -क) ले निर्माण गरेको पिच बाटो उद्घाटन गरिएको छ ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले शनिबार उद्घाटन गर्दै बाटो निर्माणसँगै त्यसको संरक्षण गर्नु पनि टोलको दायित्व रहेको बताए ।

आदिकवि भानुभक्तको शालिकदेखि पूर्वहुँदै भास्कर स्कूलसम्म करिब ५ सय ६० मिटर लम्बाइको बाटो वडा कार्यालयको सहयोग र उपभोक्ताबाट करिब २७ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो ।

टोल विकास संस्था अध्यक्ष राजेन्द्रबहादुर भट्टर्राईको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य जंगबहादुर हमाल ठकुरी, पूर्व वडाध्यक्ष निर्मलप्रसाद कर्माचार्य, भानुभक्त -क) आमा समूह अध्यक्ष मिठु गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष नरकाजी गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा उपभोक्ता समिति सचिव दामोदर आचार्यले स्वागत र सचिव सूर्यमोहन ढकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग