Worldlink ads

पार्टीमा गुट उपगुटको छुट छैन : दाहाल

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७५

हेमजा, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन्। उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिवार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टीबनाउन पार्टीएकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्घकिो स्वार्थ जोडिएको जनाए। उनले विगतमा भएका पार्टीएकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे।

पार्टीएकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनु पूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए। उनले भने, ‘दुर्इ पार्टीमा एकतापछि अब पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई छैन ।’

कार्यक्रममा वक्ताले पार्टीएकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ ले केन्द्रीय नेताका आँटले देशको मुहार फेरिएको चर्चा गर्दै पार्टीएकताले नेताहरुलाई थप जिम्मेवार बनाएको बताए ।

नेकपा केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज पौडेलले एकताले पार्टीमा शक्ति बढाएको बताउँदै आगामी चुनावमा कास्कीबाट नेकपाले सबै सिट जित्ने दाबी गरे।

पार्टीमा केन्द्रीय सदस्य राजकाजी गुरुङले पार्टीमाई अब कसैले पनि हेप्न नसक्ने औल्याउँदै आफूहरुले अध्यक्ष दाहालको सम्बन्धलाई कास्कीसँग सिधा जोड्न सफल भएको सुनाए।

नेकपाका नेता कृष्ण थापाले एमाले र माओवादीबीचको एकताले देशैभर खुशी छाएको औँल्याए।

अर्का नेता बखानसिंह गुरुङले सर्वहारा वर्गको आन्दोलनमा पार्टीएकताले महत्वपूर्ण भूमिका खेल्ने जनाए। कार्यक्रमबीच कास्कीबाट नेकपाको केन्द्रीय सदस्य बनेका नेतालाई सम्मान गरिएको थियो। सो अवसरमा गायक जीवन दाहाल, हरि केसी लगायतले सांस्कृतिक प्रस्तुति राखेका थिए। तत्कालीन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले स्वागत तथा तत्कालीन माओवादी केन्द्रका गाउँपालिका सचिव भेषराज पौडेलले सञ्चालन गरेका थिए।

ढिकुरपोखरीमै मर्ने उद्घोष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन्। उनले ढिकुरपोखरीसँग आफ्नो गहिरो सम्बन्ध भएको औैल्याउँदै सो उद्घोष गरेका हुन्। दाहालले भने, ‘अब मैले चाँडै नै ढिकुरपोखरीमा बस्नका लागि घर निर्माण गर्दैछु, त्यसको प्रक्रिया शुरु भइसकेको छ’।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले पटकपटक आफ्नो जन्मगाउँ भएकाले आफू भाषण गर्न ढिकुरपोखरी नआएको तर ढिकुरपोखरीले आफूलाई भावुक बनाउने गरेको सुनाए। यहाँका खोलानाला, वनपाखा सबैसँग आफ्नो साइनो रहेको बताउँदै दाहालले आफू अब ढिकुरपोखरीमै मर्ने उद्घोष गरेका छन्। ‘अब ढिकुरपोखरीवासीसँग मेरो धेरै भेटघाट हुन्छ, सोही क्रममा सविस्तारमा युद्घकालदेखि शान्तिप्रक्रियाका सबै कुरा सुनाउने धोको छ, उनले भने ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग