दृष्टिविहीनलाई सेतो छडी वितरण

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७५
seto chhadi lamjung

लमजुङ, १९ जेठ। वेशीशहर नगरपालिकाले जिल्लाका दृष्टिविहीन भएका ५० जनालाई सेतो छडी वितरण गरेको छ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालले लमजुङ नेत्रहीन संघका अध्यक्ष विष्णु पोख्रेललाई एकमुष्ट रुपमा सेतो छडी वितरण गरेका हुन्। दृष्टिविहीनको वैकल्पिक आँखाका रुपमा रहेको सेतो छडी सबै दृष्टिविहीनको प्रतीक चिन्ह र अधिकार दुवै मानिन्छ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ अपाङ्ग लक्षितअन्तर्गत ५० हजार रकम विनियोजन गरिएको थियो । सोहीअन्तर्गत नगरपालिका आफैले सेतो छडी खरिद गरेर वितरण गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। उनले भने दृष्टिविहीन व्यक्तिलाई दैनिक जीवनयापनमा सहजहोस् भन्ने उद्देश्यले सेतो छडी वितरण गरिएको हो।

लमजुङ नेत्रहीन संघ अध्यक्ष विष्णु पोख्रेलले नेत्रहीन संघ लमजुङको साधारण सभा कार्यक्रममा जिल्लामा त्यस्तो सेवा पाउन बाँकी रहेका सबै नेत्रहीनलाई सेतो छडी वितरण गरिने जानकारी दिए।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, शाखा अधिकृत राजेश्वर सिलवाल लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width