ढुंगेलको मुद्दामा आदेश अस्वीकार

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७५

काठमाडौँ, १५ जेठ। सवोर्च्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबार ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी भएर आज बिहान कारागारबाट मुक्त भइसकेको हुँदा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो।

आदेशमा भनिएको छ, “ढुंगेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषद्को निर्णासमेतबाट भएका सिफारिशसमेतको काम कारबाहीसमेत यसअघि २०७२ पुस २३ गते मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिश कागारागर नियमावली, २०२० बमोजिम छ छैन भन्ने विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णा हुँदा विचार हुनेछ।”

गणतन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाहा भएपछि ढुङ्गेल आज बिहान डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णा’ रोक्न माग गर्दै सवोर्च्च अदालतमा बिहीबार रिट निवेदन दिएका थिए।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको थियो। सोमबारको सुनवाइपछि अदालतले सरकारले सजाय मिनाहासम्बन्धी सक्कल फाईल मगाउने आदेश जारी गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width