Worldlink ads

गणतन्त्र दिवसमा सृजना विकास केन्द्रको दौड र रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७५
srijana

पोखरा,  १५ जेठ । सृजना विकास केन्द्र,  सिमलचौर पोखरा-८ को आयोजनामा मंग्ालबार खुला दौड प्रतियोगिता एवं रक्तदान कार्यक्रम भएको छ।

११ औं गणतन्त्र दिवस अवसर अवसरमा भएको दौड प्रतियोगितामा फूलबारी व्यारेकका रामजी बस्नेत प्रथम भएका छन्। निर्धारित ८ किमीको सो दौड बस्नेतले २४ मिनेट ५८ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन्। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राई दोस्रो र नेपाली सेनाका सुवास कार्की तेस्रो भए। उनीहरुले २५ मिनेट ३४ सेकेण्ड तथा २५ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए।यस्तै,  चौथो र पाँचौ भएका रणसिंह दलका इश्वर श्रेष्ठ र पोखराका राजेन्द्र तामाङले जनही ३ हजार रुपैयाँ पाए। कुल ६० जना सहभागी रहेको दौडमा एकमात्र महिला सहभागी फूलबारी व्यारेककी बासना थापा तथा जुनियर प्रोत्साहन स्वरुप स्माइल भण्डारी,  विनोद गुरुङ,  प्रवीण तामाङलाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए। कार्यक्रम संयोजन विक्रमकुमार खिचाजुले गरेका थिए।

सिठ्ठी फुकेर दौड प्रतियोगिता उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले शहीदको सपना साकार पार्दै प्रदेश विकास र समृद्धिको दिशामा अगाडि बढ्ने बताइन्।

त्यस्तै मन्त्री पुनले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापालाई ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन गरिन्। पत्रकार समेत रहेका थापाले हालसम्म ५६ पटक रक्तदान गरेका छन्। कार्यक्रममा ३५ जना यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजकुमार ठुसाजुले जनाए। संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग