Worldlink ads

परिवार नियोजन संघमा श्रेष्ठ

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
33675629_2053555531523219_4173123708082192384_n

पोखरा, १२ जेठ। नेपाल परिवार नियोजन (नेपनि) संघ, कास्की शाखाको अधिवेशनले नीरञ्जनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको सदस्यमा उमेशराज पराजुली, नवीन सिग्देल, अर्जुन सिग्देल, प्रकाशचन्द्र त्रिपाठी, महिला सदस्यमा शक्ति प्रधानाङ्ग, रजनी केसी, नीशा भण्डारी, नानु रेग्मी, किशोर युवा सदस्यमा विष्णुप्रसाद दाहाल, किशोरी युवा सदस्यमा नारायणी त्रिपाठी र किशोरी युवा सदस्यमा दीक्षा पराजुली छन्। नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले प्रमाणपत्र वितरण गरेका थिए। नयाँ कार्य समितिको शनिवार पदस्थापना गरिएको छ। शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलले नव निर्वाचित सभापति श्रेष्ठलाई शाखाको माइन्यूट हस्तान्तरण गरी पदस्थापन गराएका थिए।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थामा आजीवन र साधारण सदस्यलाई सक्रिय बनाउने वातावरण निर्माण गर्ने बताए।

नेपनि संघ कास्कीका पूर्व अध्यक्ष दिवसमान प्रधानाङ्गले संस्थालाई अघि बढाउन कर्मचारी र स्वयंसेवक दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा निर्वाचत अधिकृत कृष्णप्रसाद तिमिल्सिना, पूर्व सदस्य निर्मलप्रसाद कर्माचार्य, ज्येष्ठ सदस्य क्या. गंगाबहादुर खत्री र शाखा प्रबन्धक नवराज अधिकारीले बोलेका थिए।

नेपनि संघ कास्की शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रजनी केसीले स्वागत र अर्का सदस्य राजेश अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads