विद्यार्थी नेता थापाद्वारा विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७५
nebisangh help

पोखरा,  ७ जेठ। नेपाल विद्यार्थी संघ कास्कीका नेता सौगात थापाले आर्थिक अभावमा रहेका दुर्इ विद्यार्थीलाई सोमबार सहयोग गरेका छन्।

नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलको पहल तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको समन्वयमा उनले विद्यार्थीलाई सहयोग गरेका हुन्।

उनले पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित भद्रकाली उच्च माविमा कक्षा ५ की छात्रा एलिना थापा र कक्षा २ की छात्रा कृष्टिना थापालाई शैक्षिक सामाग्री तथा पोशाकका लागि जनही ५-५ हजार सहयोग गरेका थिए।

आफूले सामाजिक कार्यअर्न्तर्गत विद्यार्थीलाई सहयोग गरेको विद्यार्थी नेता थापाको भनाइ छ।

आर्थिक अभावका कारण ती विद्यार्थीको पठनपाठन प्रभावित भएको थाहा पाएपछि सहयोगका लागि समन्वय गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको भनाइ छ।

उनले नेपाल विद्यार्थी संघ कास्कीका नेता थापाले विद्यार्थीलाई गरेको सहयोगको प्रशंसा गरे।

Related News

सम्बन्धित समाचार

hero news full width