शारीरिक सुगठन प्रतियोगिता तयारी तीव्र

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७५

पोखरा, ३ वैशाख । पोखरामा हुन लागेको प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता (चौथो मिष्टर माछापुच्छ्रे तथा पहिलो महिला फिजिक फिट्नेस प्रतियोगिता) तयारी त्रि्र पारिएको छ ।

आयोजक कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ, पोखराले बिहीबार पत्रकार सम्मेलन गरी साउन २५ र २६ मा पोखरा सभागृहमा हुने सो प्रतियोगिता तयारी तीव्र पारेको जनाएको हो ।

कार्यक्रममा शारीरिक सुगठन खेलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघका सचिव उमेश सिकेले बताए ।

प्रतियोगितामा प्रदेश ४ र ५ बाट करिब १ सय जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता ५५ केजीदेखि ७५ केजी बढी तौल समूहमा ६ इभेन्टमा हुनेछ । करिब १६/१७ वर्ष अघिदेखि विभिन्न संघसंस्थाले यस्तो प्रतियोगिता गर्न थालेका हुन्।

यसअघि पोखरास्तरीय मिष्टर पोलो, मिष्टर प्रफेक्ट, मिष्टर कास्की, पश्चिमाञ्चलस्तरीय मिष्टर पोखरा, मिष्टर बुल्स, मिष्टर हिमालय, मिष्टर पोखरा पश्चिमाञ्चल प्रतियोगिता भैसकेका छन् ।

चौथो मिष्टर माछापुच्छ्रेको उपाधि विजेताले नगद ५० हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौले १० हजार र छैठौंले ८ हजार पाउने छन्। प्रत्यक तौल समूहमा द्वितीयले ६ हजार र तृतीयले ४ हजार पाउने छन् । महिलातर्फ उपाधि विजेताले १० हजार पाउने छन् भने द्वितीयले ८ हजार र तृतीयले ५ हजार पाउने छन्।

कार्यक्रम संघ पोखराका अध्यक्ष शंकरमान उदासको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width