पोखरा, १ जेठ । पोखरा लेखनाथ महानगरका प्रमुख मान बहादुर जिसीले पर्यटकीय सहर पोखराका घरघरमा सिटी गाईड हुन सकेमा पर्यटकलाई सहयोग पुग्ने बताएका छन्।
नेपाल एशोसियसन अफ र्टुस एण्ड ट्राभल्स एजेन्सी (नाट्टा), पश्चिमाञ्चलको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग एवं नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा १० दिनसम्म सञ्चालित सिटी गाईड तालिमको समापनको अवसरमा जिसीले फेवातालको समस्या सहमतीमा वैज्ञानिक तरिकाले समधान गरिने बताए। पर्यटन क्षेत्रमा चर्चाको विषय वन्ने पोखरा टुरिष्ट बसपार्कको सर्न्दर्भमा महानगर प्रमुख जिसीले हाल सञ्चालनमा रहेको टुरिष्ट वसपार्कलाई नै व्यवस्थित गरिने जानकारी दिए।
नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखराको मात्रै नभै आसपासका क्षेत्रको पनि उत्तिकै रुपमा विकास हुनुपर्ने विचार व्यक्त गरे। पोखरा आसपासका सम्भावित क्षेत्रको प्रयाप्त विकास हुन सकेमा पर्यटकको पोखरा वसाई स्वत लम्बिने थपलियाको तर्क रहेको छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरा पर्यटन बसपार्कप्रति व्यङ्ग्य गर्दै रोपाइँ गर्नको लागि तयारी अवस्थामा रहेको बताए। पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको फेवातालको संरक्षणको लागि अदालतको ढोका ढकढक्याउनुपरेको भन्दै शर्माले अदालतको आदेश पूर्ण कार्यान्वयन हुने नहुने भविष्यले देखाउने बताए।
पोखरा तथा पोखरा आसपासका क्षेत्रको ऐतिहासिक र पुरातात्विक जानकारी गराउने सक्षम टुर गाइड उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको नाट्टा पश्चिमाञ्चलका अध्यक्ष सन्तोष पोख्रेलले जानकारी गराए।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्राचार्य कृष्ण खरेलले प्रशिक्षित गराएको उक्त तालिममा ४७ जनाको पूर्ण सहभागिता रहेको नाट्टा पश्चिमाञ्चलका सचिव तथा तालिम संयोजक कमला गिरीले बताइन्।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१