पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल

Avatar आदर्श समाज सम्वाददाता
जेठ २, २०७५

लेर्चेनाथ, १ जेठ। पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समिति पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा ३१ को मंगलवार सम्पन्न ४४ औं वाषिर्क साधारण सभा तथा २१ औं अधिवेशनले वीरेन्द्र ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मत् चयन भएको समितिको उपाध्यक्षमा समुन्द्रा भुजेल, सचिवमा दामोदर पाण्डे, सहसचिवमा इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा मणिराम तिवारी रहेका छन्।

सदस्य धु्रवप्रसाद लामिछाने, मंगल जलारी, कल्पना बसौला, मीना पुन र अञ्जना थापा छन्।

कार्यक्रम उद्घाटन गर्दै कुँडहर पोर्चेराका सहायक वन अधिकृत महाप्रसाद ओझाले वनजंगललाई खेतीको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले वनलाई घाँस दाउराका लागि मात्र नभई आयआर्जनका लागि प्रयोग गर्ने वातावरण पनि मिलाउनु पर्ने बताए। समिति अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा डा कालु शर्मा, सस्थापक अध्यक्ष गोकर्णतिवारी, लक्ष्मी तिवारी र काशीनाथ न्यौपाने लगायतले वनको उचित रुपमा संरक्षण गरी आम्दानीको स्रोतका रुपमा विकास गराउने पर्नेमा जोड दिए।

प्रतिक्रिया

Comments on पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल

अन्य समाचार

'धार्मिक पर्यटनबाट आर्थिक वृद्धि सम्भव’

खैरेनीटार, १ जेठ।  शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ। शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। वडा ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले धर्मले मानिसलाई असल कार्य गर्न प्रेरित गर्ने भएकोले धार्मिक स्थल तथा मठ मन्दिरको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताए। भिमाद नगरपालिका वडा ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले धार्मिक ऐतिहासिक पृष्ठभूमि भएको यस ठाउँको…

'जेरी' फिल्मबाट प्रचारमा ढुम्बा ताल

मुस्ताङ, १ जेठ : "ढुम्बा तालको पर्यटकीय आकर्षण 'जेरी' फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, " ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने। हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका- ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बनेको छ। सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ। लगभग ४ सय मिटर लम्बाइ र १ सय मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउँछन्।…