पोखरा, ३० वैशाख। सामुदायिक प्रकोप व्यवस्थापन समिति प्रदेश ४ को अध्यक्षमा बलबहादुर गोदार चयन भएका छन्।
समितिको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल, सचिवमा द्रौपदी गुरुङ, कोषाध्यक्षमा सावित्री थापा, सहसचिवमा रामभक्त भट्टराई रहेका छन्।यसैगरी सदस्यमा रामचन्द्र रेग्मी, रेशमलाल रानाभाट, टीकाराम बराल, गिरबहादुर बस्याल, सानुमाया बस्नेत र मीना गुरुङ रहेका छन्।
कार्यक्रम उद्घाटन गर्दै केन्द्रीय सचिवालय सदस्य श्यामबाबु कट्टेलले स्थानीय तहको विपत व्यवस्थापन नीति नियम बनाउन स्थानीयस्तरमा समिति बनाउनुपर्नेमा जोड दिए।
दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गोनेसा नेपालका कार्यक्रम अधिकृत पविन्द्र शाहीले कार्यक्रमको समन्वय गरेका थिए।
कार्यक्रम हरियो वन कार्यक्रम, केयर नेपालको आर्थिक सहयोगमा स्याङ्जा, कास्की, तनहँु जिल्ला सामुदायिक प्रकोप व्यवस्थापन समितिले संयुक्त आयोजना गरेका हुन् । कृष्णकुमारी देवकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रम रेशमलाल रानाभाटले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१