स्याङ्जा, १४ वैशाख। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले स्याङ्जाको पहिचानका रुपमा रहेको कृषि, जलविद्युत् र पर्यटनका क्षेत्रबाट व्यावसायिकरण गर्नुपर्नेमा जोड दिएका छन्।
स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जा सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले कोरला नाकादेखि भारतसम्म कालीगण्डकी लोकमार्ग निर्माण गर्ने समेत प्रतिबद्धता जनाए।
कृषि, पर्यटन र खेलकुद र निजामती कर्मचारीतर्फ उर्वर क्षेत्र रहेको बताउँदै सबै मिलेर व्यवसाय गर्नुपर्ने बताए।
कालीगण्डकी करिडोरले स्याङ्जालाई नछोए पनि ४ नम्बर प्रदेशले भारत र चीन छुने गरी लोकमार्गको योजना बनाउने उनले जानकारी दिए। जिल्लामा व्यवसायीका संगठन धेरै भए पनि सबै संगठन एकआपसमा मिलेर जानुपर्ने तिम्सिनाले आफ्नो धारणा व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका कावा अध्यक्ष राजेन्द्र मल्लले स्याङ्जा कृषि क्षेत्रमा अगाडि रहेकोले स्याङ्जामा कृषि क्याम्पस खोलेर अर्गानिक कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेशसभा सदस्य सांसद मोहन रेग्मी र जूनादेवी नेपाली, जिल्ला समन्वय समितिका अध्यक्ष सीता सुन्दास, पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री, नेकपा एमालेका उपाध्यक्ष उदयबहादुर श्रेष्ठ, नेकपा माओवादीका नारायण लम्साल, पत्रकार महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी र महिला नेतृ तारा शर्मा लगायतले व्यवसायीका हकहितबारे धारणा व्यक्त गरेका थिए। स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष नन्दकुमारी लम्साल (निर्मला) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ्ले स्वागत एवं महासचिव लोकनाथ रेग्मीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९