मन्त्री विश्वकर्माद्वारा दुर्इ बालबालिकाको अभिभावक

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५

पोखरा, १० वैशाख ।युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दुर्इ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । मन्त्री विश्वकर्माले आइतबार दलित तथा जनजाती परिवारका छोराछोरी मध्ये १ जना छात्र र १ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरे ।

उनले कास्कीको अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा -१९ घार्मी बस्दै आएका ८ वषिर्य विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वषिर्या रेखा पुनको अभिभावकत्व ग्रहण गरेका हुन् । स्थानीय महेन्द्र मा.वि मा आयोजित कार्यक्रममा मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।

भर्ना अभियानमा बोल्दैै मन्त्री वि.कले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए ।

त्यस अवसरमा मन्त्री वि.कले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहल गर्ने जानकारी दिए । मन्त्री वि.कसँग विद्यालय व्यावस्थान समितिका अध्यक्ष डुडिराज पौडेल र प्रधानध्यापक बासुदेव पौडेलले शिक्षक दरबन्दी न्यून रहेको, खेल मैदानको अभाव लगायतका विषयमा अवगत गराएका थिए । उनीहरुले मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।

जन्मथलो घार्मी पुगेका मन्त्री वि.कसँग अमला विसौनी घार्मी आलेवारी अम्बरेश्वर ग्रार्मिण सडक उपभोक्ता समिति र वृहत लामाचौर खानेपानी आयोजनाले विविध समस्याका विषयमा ध्यानकर्षण गराएका छन् । समितिका सचिव डिल्लीराम पौडेलले सडक र खानेपानी निर्माणमा बजेट विनियोजनको पहल गरिदिन अग्रह गर्दै ध्यानकर्षण पत्र बुझाएका थिए । सरकारको भर्ना अभियानलाई सघाउन र परिवारिक भेटघाटका लागि पोखरा आएका मन्त्री वि.क आइतबार नै काठमाण्डौ फर्के ।

Related News

सम्बन्धित समाचार

hero news full width