आमा मिलनको शुभकामना

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५
Aama Meelan Kendra

पोखरा, ९ वैशाख ।आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. पोखराले आफना शेयर सदस्य, कर्मचारी, संचालकसहित नयाँ बर्ष २०७५ को शुभकामना आदानप्रदान गरी वाषिर्क कार्यक्रम अनुसार डायरी नोटबुक प्रकाशन गरेको छ ।

संस्थापक अध्यक्ष इन्दिरा पौडेलल कार्यक्रम उद्घाटन गरेकी हुन् । संस्थाका अध्यक्ष कृष्णबहादुर थापा र सल्लाहकार बेदकुमार श्रेष्ठले संयुक्त रुपमा डायरी बिमोचन गरेका हुन्  । शुभकामना शेयर धनी शेषबहादुर थापा, यामप्रसाद पौडेल, अमरनाथ रेग्मी, कमला श्रेष्ठ र सल्लाहकार प्रेमराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाल अध्यक्षता गरेको कार्यक्रममा संचालक टिकाराम पौडेलले स्वागत र प्रबन्ध निर्देशक धु्रबराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width