भेद हटाउन सहभोज

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५

लमजुङ, ८ वैशाख। लमजुङमा छुवाछुतसहितका विभेद हटाउन सहभोज कार्यक्रम गरिएको छ। सहभोजको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले उद्घाटन गरेका हुन्।

वेशीशहर नगरपालिका- २ को नरुवालमा आयोजना गरिएको भोजमा प्रमुख अतिथि पाण्डेले सबै जाति समान भएको हुनाले जातकै आधारमा विभेद गर्न नपाइने बताए।

समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहेको बताउँदै उनले जातीय छुवाछूत न्यूनीकरणका लागि जिल्लाका आठवटै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। गुमानसिंह अर्यालले खानपिनकै आधरमा जातीय विभेद भएकाले समाजमा यस्ता विकृति विसङ्तिका कार्यक्रम सञ्चालन गर्न नहुने बताए। उनले जातीय भेदभाव न्यूनीकरणका लागि नगरपालिकाले नगरपालिकाभित्रका वडामा विभिन्न यस खालका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।जागे्रनी सामुदायिक सिकाइ तथा कार्य केन्द्रको आयोजनामा आरसिडिसी लमजुङको हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा सहभोज सञ्चालन गरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width