ताओको मूर्ति अनावरण

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५

लेखनाथ, ८ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा ३०, गगनगौंडामा ताओअर्न्तर्गत मायाकी देवीको मूर्ति शनिबार अनावरण गरिएको छ।

ताओ संस्थाले स्थापना गरेको मूर्तिको संस्थाका गुरु छऐन रन र  वडा अध्यक्ष श्रीराम पोख्रेलले संयुक्त रुपमा अनावरण र प्राणप्रतिष्ठा गरेका हुन्। वडाध्यक्ष पोख्रेलले मानवीय सेवा र सर्त्कर्म गर्नु नै जीवनको सार्थकता भएको बताए।

ताओ गुरु छऐन रनले काम क्रोध र मोहलाई छाडेर सर्त्कर्मतर्फ अग्रसर हुन आग्रह गरे ।

विविध नेवारी सांस्कृतिक झल्कने नृत्य प्रस्तुत गरिएको सो कार्यक्रमको अध्यक्षता नेवाः खलः लेखनाथका अध्यक्ष प्रेम लिगलले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य नेवाः खलःका पूर्व सचिव नरेश श्रेष्ठ र सञ्चालन ताओका धर्मगुरु दीपकलाल पराजुलीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width