Worldlink ads

महिला तथा बाल कल्याण कुञ्जको तालिम

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५
talim photo nabin

पोखरा, ८ वैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा-१३ ले शनिवार वातावरण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी एकदिने तालिम गरेको छ ।

संस्थाका सदस्यलाई वातावरणको महत्वबारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उद्देश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागी थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए ।

तालिम उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा १३ का वडा अध्यक्ष दर्शन लामाले वडालाई फोहोरमैला मुक्त बनाउन सबैको सहयोग आवश्यक भएको उल्लेख गरे ।

भगवती हाइड्रोपावरका निर्देशक इञ्जिनियर वसन्तमोहन भट्टराईले स्वस्थ्य वातावरणका लागि फोहोरमैला व्यवस्थापन मुख्य आवश्यकता भएको बताए ।

महिला तथा बाल कल्याण कुञ्जकी पूर्व अध्यक्ष उषा सिग्देलले संस्थाले समाजको आवश्यकता हेरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताइन्।

कार्यक्रममा पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल, संस्थाका सल्लाहकार ज्ञानेन्द्रप्रसाद सिग्देल, पृथ्वीधर सिग्देल समाजका पूर्व अध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्की, नेपाल परिवार नियोजन संघका सभापति अर्जुन सिग्देल, संस्थाका सदस्य सत्यदेवी खनालले बोलेका थिए ।

महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तिदेवी सिग्देलले स्वागत र सचिव मैया सिग्देलले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads