युनाइटेड क्लबमा रक्तदान

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५
united blood

पोखरा, ४ वैशाख। युनाइटेड क्लबले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३० युनिट रगन संकलन भएको छ।

क्लबले आफ्नो आठौ वाषिर्कोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत मंगलबार सो कार्यक्रम भएको हो ।

पहिलो रक्तदाता बलराम तिमिल्सिनालाई नेपाल रेडक्रस सोसाइटी कास्कीका वरिष्ठ उपाध्यक्ष डण्डराज शर्मालाई  ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको थियो ।

कार्यक्रममा शर्माले रक्तदान दानमा पनि ठूलो भएकाले स्वस्थ मानिसले ३ महिनाको अन्तरालमा रक्तदान गर्नु राम्रो भएको बताए।

क्लबका सल्लाहकार एवं वडा १० का सदस्य सम्मरबहादुर श्रेष्ठले यस्ता सामाजिक कामको अनुशरण अन्य क्लब तथा संघ सस्थाहरुले गर्नुपर्ने बताए ।

क्लबका सदस्य सूर्यबहादुर बानियाँको संयोजनमा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष तथा आठौं वाषिर्कोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। क्लब अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका महासचिव राजु श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width