गुम्बा विद्यालय भर्ना आरम्भ

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५
gumba

पोखरा, ३ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा १०, रामाघाटस्थित पल टासि छ्योलिङ गोपाल गुम्बामा विद्यालय भर्ना आरम्भ गरिएको छ।

प्रमुख अतिथि कर कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले १० वर्षे बालक सागर तामाङलाई भर्ना गरी कार्यक्रम उद्घाटन गरेका थिए।

निरन्तर परिश्रम गरेमा कुनै न कुनै समयमा आफ्नो लक्ष्यमा पुग्न सक्ने भन्दै लामिछानेले गुम्बा विकासको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा लामा फुवा गुरुङ र पेमो ढोर्जे आचार्य लगायत ६० जना लामाले अष्टमंगल वाचन गरे।

गुम्बाका प्रमुख गुरु गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बौद्ध गुम्बा आमा समूहका सचिव माया गुरुङबाट स्वागत मन्तव्य र गुम्बाका लामा उगेन गुरुङले सञ्चालन गरेका थिए।

सो अवसरमा पोखरा १७ बाट निर्वाचित शान्तदेवी गुरुङ गुम्बा विद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width