Worldlink ads

संघीय समाजवादी फोरमको भित्तेपात्रो लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

पोखरा, ३० चैत । संघीय समाजवादी फोरम कास्कीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोर्कापण कार्यक्रम गरेको छ।

प्रमुख अतिथि पार्टीका राजनीतिक समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले नयाँ वर्षको शुभकामना व्यक्त गर्दैै २०७५ साल पहिचान स्थापित, न्याय, समानता र फोरमको समृद्धिको वर्ष हुने बताए।

२०७४ सालमा संघीय समाजवादी फोरमले धेरै उपलब्धि हासिल गरेको भन्दै उनले आउँदो वर्ष थप उपलब्धि हासिल गर्ने गरी पार्टीका नेता कार्यकर्ताहरु जुट्न आग्रह गरे।

पूर्व सभासद तथा राजनीतिक समितिका सदस्य डिवी नेपालीले पहिचानविरोधी संघीयता असफल बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

केन्द्रीय सदस्य तथा तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङले २०७५ साल शक्ति आर्जनको वर्ष बनाउन जुट्नुपर्ने बताए।

वैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले विगत लामो समयदेखि विभेद सहदै आएको वर्ग समुदायका लागि नयाँ दिन वर्ष आउन समानता र पहिचान प्राप्ति हुनुपर्ने बताए। अहिले पनि तमुवानको पहिचान मेटाउन षड्यन्त्र भइरहेकाले दबाब जरुरी छ भन्दै पार्टीलार्इ सशक्त बनाउन २०७५ साललाई संगठन निर्माणको वर्ष बनाउनुपर्ने उल्लेख गरे।

संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय समाजवादी महिला फोरमको केन्द्रीय सदस्य रत्न भट्टचन, महिला फोरमकी तमुवान मगरात सचिव तथा प्रदेश समिति सदस्य काशीमाया गुरुङ, प्रदेश समिति सदस्य किसन विश्वकर्मा, पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष क्या मेखबहादुर गुरुङ, पोखरा लेखनाथ महानगर वडा ३३ समितिका अध्यक्ष नारायण थापा, जिल्ला उपाध्यक्ष दिलिप गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने जिल्ला सचिव कुलबहादुर भुजेललेका कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमुख अतिथि गणेशमान गुरुङ, डिवी नेपाली, धनप्रसाद तामाङ, काशीमाया गुरुङ, किसन विश्वकर्मा, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ र जिल्ला सचिव तथा भित्ते पात्रो प्रकासन समितिका संयोजक कुलबहादुर भुजेलले पात्रोको भित्तेपात्रो संयुक्त लोकार्पण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग