Worldlink ads

प्रदेश सदस्य विष्टको शुभकामना

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

पोखरा, ३० चैत।  प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारले विगतभन्दा पृथक ढंगले कार्य गर्न आग्रह गरेका छन्। उनले देश नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक व्यवस्थामा शून्यबाट उठ्नु परेकोले जनप्रतिनिधि पृथक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

प्रेस क्लब पोखरा नेपालको साक्षात्कार कार्यक्रममा नयाँ वर्ष २०४५ को शुभकामना दिं’दै उनले केन्द्र र प्रदेशको सरकार लगायत स्थानीय तहको जनप्रतिनिधि बढी जिम्मेवार बन्न आग्रह गरे।

‘नयाँ संविधान जारीपछि संविधान कार्यान्वयनका लागि तीन चरणको निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘शून्य स्थितिबाट तीनै प्रकारको सरकार उठ्नुपरेकोले सुस्त देखिएको आफूले अनुभव गरेको छु।’

उनले सही कुराको समर्थन र गलत कामको बिरोध भएमात्रै देशले समृद्धि प्राप्त गर्ने जनाए।

विष्टले प्रत्येक प्रदेशसभाका सदस्यले स्वकीयसचिव राख्न पाउनुपर्ने दावी गरे। आफू एक्लैले प्रदेशसभाको बैठकमा स्वकीय सचिवको माग राखेको बताए। उनले आफ्नो शैक्षिक योग्यता कम भएका कारण पनि फाइलिङ गर्नेदेखि प्रदेश सदस्यको बैठक सही व्यवस्थापन गर्न स्वकीयसचिव आवश्यक रहेको औंल्याए।

Related News

सम्बन्धित समाचार

    • महिलाहरुको लागि चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले…
    • पोखरा घुम्ने बहाना

      विजय नेपाल मंसिर १८, २०७८
      पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको…
    • एसियन फोरमको अन्तक्र्रिया

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास…
    • रोस्टर प्रशिक्षक प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । तालिम केन्द्र दमौलीको…
    • लागु औषधसहित २ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग