Worldlink ads

अतिवादीविरुद्ध सरकार कडा : गृहमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४

चितवन, २४ चैत  । गृहमन्त्री रामबहादुर थापाले अतिवादी क्रियाकलापविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका क्रियाकलाप अतिवादी खालका हुँदै गएको बताए ।

राजनीतिक मुद्दा व्यवस्थापन गर्न सरकार तयार रहेको बताउँदै उनले अराजनैतिक क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए । उनले भने, ‘शान्ति कायम गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो । अपराध नियन्त्रयण र जनतालाई प्रभावकारी सुरक्षा सेवा दिने सम्बन्धमा पनि हामी प्रतिबद्ध भएर काम गर्छ ।’

स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई राजीनामा गर भन्ने खालका गतिविधिलाई राजनैतिक भन्न नसुहाउने भन्दै उनले शान्तिसुरक्षामा खलल पर्ने खालका जो सुकैका क्रियाकलापलाई सरकारले नियन्त्रण गर्ने बताए ।

विप्लव नेतृत्वको नेकपाले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसविरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी उनले दिए । उनले भने, ‘शान्ति, स्थायित्वविरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिँदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।’

गृहमन्त्री थापाले भने, ‘हाम्रो जिम्मेवारी देशलाई शान्ति, स्थिरता र स्थायित्व कायम गर्ने हो, देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ यो हुन सक्दैन ।’

विप्लव नेतृत्वको नेकपाले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने बताए ।

गृहमन्त्रालयले केही दिन अघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, सम्वृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए ।

उनले वैशाखको दोस्रो सातासम्ममा दुर्इ कम्युनिष्ट पार्टीएक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने बताए । गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम गरिने दावी गरे ।

Related News

सम्बन्धित समाचार

    • शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट…
    • ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा स्वीकृत

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा। अनुप गुरुङको राजीनामा…
    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग