Worldlink ads

काहुँमा खानेपानी बोरिङ शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७४
boring water

पोखरा, २२ चैत । पोखरा लेखनाथ महानगरपाकिला वडा ११, काँहुमा खानेपानी बोरिङ शिलान्यास भएको छ।

शिलान्यास समारोहका प्रमुख अतिथि वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले काँहुका अन्य स्थानमा समेत स्थलगत अध्ययन गरी आयोजना ल्याउने प्रतिबद्धता जाहेर गरे।

बृहत् काहुँ खानेपानी आयोजनाका अध्यक्ष दीपकप्रकाश आचार्यको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्य जङ्गबहादुर हमाल ठकुरी, नेपाली काँग्रेस वडा ११ का सभापति बोधराज घिमिरे, नेकपा एमालेका अध्यक्ष नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका प्रतिनिधि पूर्णबहादुर सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेका योजनाबाट करीब ३ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्। कार्यक्रममा आयोजनाका उपाध्यक्ष खेमराज आचार्यले स्वागत र सचिव विष्णुमाया आचार्यले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग