Worldlink ads

सिर्जनशील आमा समूहको अध्यक्षमा रेग्मी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४

पोखरा, १८ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ मित्रबन्धुटोलस्थित सृजनशील आमा समूहको १४ औ साधारणसभा तथा छैटौं अधिवेशनले टिकादेवी रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा विष्णु केसी, सचिवमा कुमारी निता पौडेल, सहसचिवमा संगिता अधिकारी पौडेल, कोषाध्यक्षमा निर्मला त्रिपाठी छन्। सदस्यहरुमा सृजना लामिछाने, लक्ष्मी थापा, मिठू पौडेल, मिना मल्ल, कविता पौडेल, लक्ष्मी गुरुङ रहेको निर्वाचन समितिका संयोजक रविलाल शर्माले जानकारी दिए। समितिको पहिलो बैठकले कृष्णा थापा र दुर्गा रेग्मीलाई आमन्त्रित सदस्यमा चयन गरेको छ।  त्यस्तै, सल्लाहाकारहरुमा चित्रादेवी भण्डारी, लक्ष्मी बास्तोला र लक्ष्मी देवकोटा छन्।

त्यस अवसरमा संस्थालाई सहयोग गरेको भन्दै रविलाल शर्मा, लक्ष्मण देवकोटा, भगवती शर्मा र बसन्धरी बराललाई सम्मान गरिएको थियो। साधारणसभाले सचिव नितु पौडेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष निर्मला सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। साधारणसभा उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का अध्यक्ष तीथराज अधिकारीले सामाजिक कामका लागि आफ्नोतर्फबाट सहयोग हुने प्रतिवद्वता व्यत्त गरे।

त्यस अवसरमा समूहकी संस्थापक अध्यक्ष टिकादेवी रेग्मी, मित्रबन्धु टोल विकास संस्थाका पूर्वअध्यक्ष चित्र पौडेल, संस्थापक अध्यक्ष छायादत्त भट्टराई, समूहकी पूर्वअध्यक्ष लक्ष्मी बास्तोला, मित्रबन्धु टोलविकास संस्थाका सल्लाहकार रविलाल शर्मा, सदस्य ऊँ शान्ति झम्कनाथ पौडेल, पूर्वसचिव मेघनाथ पौडेलले बोलेका थिए।

सृजनशील आमा समूहकी अध्यक्ष चित्रादेवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु केसीले स्वागत र सचिव कुमारी निता पौडेलले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads