Worldlink ads

जनप्रकाश क्याम्पसको शैक्षिक विकासबारे छलफल

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
janaparkash 15

लेखनाथ,१५ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पस व्यवहारिक र गुणस्तरीय शिक्षाका लागि नयाँ योजनाका साथ अगाडि बढ्ने भएको छ ।

२०६२ सालदेखि व्यवस्थापन संकालय पढाइ सञ्चालन गर्दैआएको क्याम्पसले समयको माग र अन्तर्राष्ट्रियस्तरको मापदण्ड कायम गर्नका लागि बिहीबार सरोकारवालाबीच राखेको अन्तरक्रियामा सहभागीले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्याम्पसले विभिन्न चरणमा हुने मूल्यांकन पार गरी अहिले एसएसआर प्राप्तिका लागि काम गरिरहेको र भविष्यमा क्यूएएको मापडण्डमा जाने निधो गरेको हो ।विद्यार्थीको माग र प्रदेश ४ कै आवश्यकता मध्यनजर राख्दै निकट भविष्यमा एमविए तथा होटल म्यानेज्मेन्ट कक्षा समेत थप गर्ने योजना बनाएको क्याम्पसले एलओआई प्राप्त गरिसकेको छ ।क्याम्पस व्यवस्थापन समिति अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा उपप्राध्यापक अर्जुन ओझाले इएमआइएस वेवसाइट र उपप्राध्यापक कृष्णप्रसाद तिवारीले एसएसआरबारे  भइरहेका प्रगतिको जानकारी गराएका थिए ।

कार्यक्रममा वडा २९ का वडाध्यक्ष चेतवहादुर गुरुङले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग गर्ने बताए ।

त्यस्तै, क्याम्पस प्रमुख ऋषि बुढाथोकीले क्याम्पसको गतिविधि र भावी योजनाबारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग