मन्त्री बिकले लिए बाबुसँग आशीर्वाद

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४
jagat pic

पोखरा, ६ चैत । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मालाई जन्मस्थान घार्मीमा स्थानीय बासिन्दाले स्वागत सहित सम्मान गरेका छन्।

मन्त्री बनेयता पहिलो पटक जन्मस्थान पोखरा लेखनाथ महानगरपालिका वडा १९, घार्मी आएका मन्त्री विकलाई स्थानीय भूमेश्वर प्रावि र महेन्द्र माविका विद्यार्थीसहित स्थानीयले भव्य स्वागत गरेका हुन्।मन्त्री बिकलाई स्थानीयबासीले स्वागत गर्दै गाउँमा भएका विकास निर्माण तथा आफूहरुलेे भोग्नुपरेका समस्याबारे अवगत गराएको एमाले नगर कमिटी सदस्य डिल्लीराम पौडेलले जानकारी दिए।

सो सम्मानपछि मन्त्री बिक आफ्नो घर गएर बुवा डिलबहादुर सुनारसँग आशीर्वाद लिएका थिए ।

मन्त्री विकको साथमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, एमाले नेता बलाराममान सिंह भण्डारी, डिल्लीराम पौडेल, हिमलाल पौडेल, विद्यार्थी नेता शेखर गौतम, भरतमान गुरुङ, पत्रकार शिशिर पाडेल लगायत स्थानीय नेता कार्यकर्ता घार्मी पुगेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width