Worldlink ads

माछापुच्छे्रमा नमूना विद्यालय कार्यशाला

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

हेमजा, ६ चैत। अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविमा नमूना  विद्यालय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

विद्यालयले नमूना विद्यालय निर्माणका लागि विद्यालय सुधार गुरुयोजनाको सन्दर्भमा सरोकारवाला विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार, नवनिर्वाचित जनप्रतिनिधि, स्थानीय तहका अधिकारी, शिक्षा अधिकृत, स्थानीय शिक्षाप्रेमी तथा समाजसेवी, श्रोतव्यक्ति, छिमेकी विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी मञ्च, गैरसरकारी संस्थाहरु, युवा संजाल, आमा समूह लगायतको उपस्थितिमा कार्यशाला गरेको हो ।

विद्यालय क्षेत्र विकास योजना अनुसार छनोट भएका नमूना विद्यालयलाई व्यवस्थापन गर्न बनेको निर्देशिका २०७४ को मर्म तथा उद्देश्य अनुरुप कार्यशाला भएको जनाइएको छ ।

शिक्षा विभागद्वारा नमूना विद्यालय विकासका लागि छनोट भएको सो विद्यालयलाई उच्च सिकाइ उपलब्धियुक्त, सबैको पहुँच भएको भौतिक सुविधा सम्पन्न, अपा· तथा बालमैत्री, आधुनिक सूचना विधि तथा प्रविधिको प्रयोग हुने, अभिभावक र बालबालिकाको पहिलो रोजाईको विद्यालय बनाउने लक्ष्य लिइएको छ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमूना विद्यालय बनाउने लक्ष्यका साथ विद्यालय सुधार गुरुयोजना निर्माण गर्न लागेको जानकारी दिए।

कार्यक्रमको सहजीकरण गुरुयोजना मसौदा तयारी समिति सदस्य यादवराज अधिकारी, घनश्याम पौडेल, चूडामणि अधिकारी, डा कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद अधिकारी, नारायणप्रसाद भण्डारीले गरेका थिए। गोठीमा भौतिक, शैक्षिक र व्यवस्थापकीय विकास, विद्यालय र समुदायबीचको सम्बन्ध तय गरिएको थियो। विभिन्न ४ वटा समूहहरु निर्माण गरी छलफल गरिएको उक्त कार्यक्रममा प्राप्त सुझावलाई प्रस्तुतिकरण तथा अभिलेखिकरण पनि गरिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, पूर्व विद्यार्थी डा कृष्णप्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी, तुलसीप्रसाद अधिकारी, मुक्तिराम अधिकारी, पूर्व प्रधानाध्यापक रामचन्द्र सुवेदी, गाउँपालिकाका शिक्षा अधिकृत बलराम भुगाई, अभिभावक चिरञ्जीवी पौडेल, राजु सुनार लगायतले विद्यालयले योजना निर्माण मात्र नभै, यसको कार्यान्वयन गर्न र पारदर्शितामा जोड दिनुपर्ने बताएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक कृष्णप्रसाद अधिकार, उद्देश्यमाथि प्रकाश प्रधानाध्यापक घनश्याम पौडेल र शिक्षक नारायणप्रसाद भण्डारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट…
    • ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा स्वीकृत

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा। अनुप गुरुङको राजीनामा…
    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग