कक्षाकोठामै लागुऔषध सचेतना प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

लेखनाथ, ६ चैत। डाँडाकोनाक प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले उच्च माविमा अध्ययनरत विद्यार्थीमा लागु औषध दुर्व्यर्सनको उच्च जोखिम हुने भएकोले सचत रहनुपर्नेमा जोड दिएका छन् ।

छोराछोरी कलेज गए भन्दैमा अभिभावक ढुक्क भएर बस्ने होइन, उनीहरुको आनीबानी र साथीसंगीको संगतबारे छड्के चेकजाँच गर्नुपर्छ भन्दै उनले होशियारी अपनाउन समेत आग्रह गरे

सरस्वती टीका मावि, पोखरा-३३ मा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीमाझ लागु औषध के हो, यससम्बन्धी दण्ड, जरिवाना सजायबारे जानकारी लगायत विषयमा प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, सामुदायिक प्रहरी शाखा इञ्चार्ज होतबहादुर रोका, लागु औषध नियन्त्रण रोकथाम वडा संयोजक एवं शिक्षक अभिभावक संघ अध्यक्ष गणेश ढकाल, भरतपोखरी प्रहरी चौकी इञ्चार्ज किरण रानाभाट, लेखनाथ सामुदायिक सेवा केन्द्रका सदस्य गंगाकुमारी खनाल, लेखनाथ सामुदायिक सेवा केन्द्रका प्रहरी इञ्चार्ज गंगाधर पौडेल, प्रअ लालप्रसाद भण्डारी, उच्च मावि संयोजक नन्दलाल काफ्ले लगायतले धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक श्रीधर आचार्यले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width