मानव मिलन नारी जागरणको सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४
Durga News Photo

पोखरा, २४ फागुन। अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर मानव मिलन नारी जागरण कास्कीले सचेतना कार्यक्रम आयोजना गरेको छ।

कास्की कारागारभित्र रहेका महिलाको पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

प्रदेश ४ की उपसभामुख सिर्जना शर्माले उद्घाटन गरेको कार्यक्रममा कारागारका जेलर हरिप्रसाद, कारागारका मेडिकल अफिसर विष्णुप्रसाद सुवेदी, सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा सम्मा लगायतले बोलेका थिए।

सविता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमला गिरीले स्वागत र मेनुका पोखरेलले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width