हेमजा, २४ फागुन। माछापुच्छे्र गाउँपालिका-६, धितालस्थित ऐतिहासिक जयकोट भूमे मन्दिर मर्मत गरी आस्थाको केन्द्र बनाउन स्थानीय लागिपरेका छन्।
धिताल सहित धम्पुस, लुम्ले, ताञ्चोक, भिचुक, तोल्काबाट समेत पूजा गर्न उक्त मन्दिरमा भक्तजन आउने गरेका छन्।
मन्दिरमा तला थप गरी गजूर राख्ने, मन्दिरको दक्षिण र उत्तरपट्टी सालको मयुर झ्याल, पूर्वपट्टी आँखी झ्याल निर्माण गरी मन्दिर क्षेत्रमा पर्खाल निर्माण गर्ने योजनामा आफूहरु रहेको मन्दिर मर्मत तथा संरक्षण समितिका अध्यक्ष अम्बरबहादुर क्षेत्रीले बताएका छन्।
अध्यक्ष क्षेत्रीका अनुसार भूमेस्थान वन क्षेत्रमा रहेको सो मन्दिर मर्मतका लागि करिब १५ लाख खर्च लाग्ने छ। जसमध्ये हालसम्म १० लाख १ हजार रुपैयाँ संकलन भएको र ५ लाख बराबरको जनश्रमदान गरिने उनले बताए।
धितालका ७४ वषे वृद्घ चूडामणि गौतमले मन्दिरमा त्यस क्षेत्रका सबैजसो मानिसको आस्था रहेको सुनाए। उनले २०२३ सालमा आफ्नो एसएलसी परीक्षा बिग्रिएको र सोही वर्ष उक्त मन्दिर गई पूजा गरेर भाकल गरेपछि अको वर्ष उत्तीर्ण गरेको स्मरण गर्दै मन्दिरमा ठूलो शक्ति रहेको बताउँछन्।
प्रत्येक वर्ष मंसिर, फागुन, चैत र बैशाख महिनामा सामूहिक रुपमा पूजा गरिँदैआएको उक्त मन्दिरमा महिलाले पूजा गरे भने अनिष्ट हुने विश्वास छ।त्यहाँ विधिपूर्वक पूजा गरी बोकाको बली दिने र उक्त बलीको मासु पनि महिलाले खान नहुने जनाइन्छ।
पूजा गरेपछि अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि नहुने, असिना नपर्ने, बाढी पहिरो नजाने, भूक्षय नहुने भन्दै कतिपय स्थानीय भने दैनिक रुपमा मन्दिरमा पूजा गर्ने जाने गरेका छन्। मर्मत सम्पन्न गरी सो मन्दिरलाई ऐतिहासिक आकर्षक एवं धार्मिक पर्यटक लोभ्याउने पवित्रस्थलका रुपमा विकास गर्न लागिएको मर्मत समितिले जनाएको छ।
आगामी जेठभित्र मर्मतले पूर्णता पाउने समिति सचिव छविरमण पौडेलले बताए।उनले मन्दिर क्षेत्र अवलोकन एवं अन्य स्थानसमेत दृश्यावलोकन गर्न भ्यू टावर निर्माणको योजना पनि रहेको बताए।
मन्दिरको मर्मत सकिएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी, यहाँका सांसद तथा राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मन्दिरको उद्घाटन गरिने मर्मत समितिले जनाइएको छ। मन्दिर क्षेत्रमा सूर्यबहादुर गुरुङ र राजमान गुरुङले प्रतीक्षालय तथा पानीट्याङ्की निर्माण पनि गरिदिएका छन्।
करिब ५ सय वर्ष पुरानो उक्त मन्दिरको आजभन्दा करिब १२ वर्षअघि पनि आंशिक मर्मत गरिएको थियो। मन्दिर पुनः जीर्ण बनेसँगै मर्मत थालिएको हो। मर्मत भएसँगै धितालमा धार्मिक पर्यटकमा वृद्घिहुने स्थानीयको विश्वास छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९