पोखरा, २२ फागुन । प्रदेश ४ का कृषि मन्त्री लेखबहादुर थापाले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने दावी गरेका छन् ।
प्रेस क्लब पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रति कृषकको विकर्षण बढेको भन्दै यसमा आकर्षण बढाएर सम्मानित पेशाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले त्यसकै लागि कृषकसँग मन्त्री कार्यक्रम समेत थालेको बताए । मन्त्री थापाले कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने धारणा राखे ।
‘कृषिको व्यावसायिकीकरण गरेर सर्वसाधारणलाई पनि यो पेशामा आकषिर्त गर्ने योजना छ । यसले जमिन बाँझो हुँदैन’, उनी भन्छन् ‘कृषिको विकासलाई लक्षित गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ । मेरो पहल त्यसमा बढी हुन्छ ।’ उनले प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको धारणा राखे । प्रदेशसभा सदस्य राजीव पहारीले प्रकृतिले प्रदेश ४ सुन्दरमात्रै नभएर प्रचूर सम्भावना पनि भएको बताए । उनले यहाँका सम्भावनाको अधिकतम उपयोग गर्ने बताएका छन् । अर्का सांसद कुमार खड्काले पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट प्रदेशको विकास गर्ने बताए । प्रेस क्लब पोखराका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१