बेगनासमा फिस फेस्टिबल तयारी

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७४
fish

लेखनाथ १३, फागुन। लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनले नयाँ वर्ष २०७५ साल अवसरमा बेगनासमा तीनदिने फिस फेस्टिबल आयोजना गर्ने भएको छ।

विगत महोत्सवभन्दा यस वर्षको महोत्सवलाई पृथक र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि नयाँ वर्ष रोजिएको एशोसिएसनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले चौथो संस्करणको माछा महोत्सव आगामी चैत २९, ३० र वैशाख १ गते गर्न लागिएको हो।

स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिबारे जानकारी दिन र लिनका लागि माछा महोत्सव सहयोगीसिद्ध हुनेमा आयोजक विश्वस्त देखिन्छ।

महोत्सवका लागि विभिन्न उपसमिति गठन गरी तयारी तीव्रताका साथ अगाडि बढाइएको छ ।

महोत्सवमा खुला भलिबल प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र बल्छी खेल्ने प्रतियोगिता साथै अन्य मनोरञ्नात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width