मजुवा टोलविकास संस्थाको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४
dav

dav

पोखरा, ८ फागुन। पोखरा लेखनाथ महानगरपालिका- १४, सानो मजुवा टोलविकास संस्थाद्धारा टोलविकास संस्थाभित्रका एक विपन्न परिवारका विरामीलाई आर्थिक सहयोग गरेको छ।

संस्थाले मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका कृष्णबहादुर परियारलाई अस्पतालमै पुगेर संकलित २३ हजार, ९ सय ४५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो।

दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका परियार अचानक हातखुट्टा चल्न नसक्ने भई उपचारार्थ अस्पतालमा अस्पताल भर्ना भएका थिए। संस्थाले सानो मजुवा टोलका विभिन्न सहयोगदाताहरुबाट सहयोग रकम संकलन गरेको थियो।

संस्थाका अध्यक्ष श्रीप्रसाद गुरुङ, कोषाध्यक्ष प्रेमबहादुर गुरुङ, सदस्यहरु सुनबहादुर गुरुङ, टकबहादुर गुरुङ र पदमबहादुर गुरुङले संकलित सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। संस्थाले परियारको श्रि्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width