दृष्टिविहिन विद्यार्थीलाई प्रहरी श्रीमती संघको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४
Plice Shreemati Sangh

लेखनाथ,३ फागुन । ४ नं प्रदेश नेपाल प्रहरी श्रीमती संघले पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ को जनप्रकाश माविमा अध्यानरत दृष्टिविहिन बिद्यार्थीहरुलाई सहयोग गरेको छ।  नेपाल प्रहरीले जसरी देश र जनताको सेवा गर्छ त्यसैगरि प्रहरीका परिवारले पनि सामाजीक क्षेत्रमा सहयोग गर्नु पर्छ भन्ने मान्यताले उक्त विद्यालयमा अध्यानरत १४ जना विद्यार्थीहरुका लागि आवस्यक पर्ने सेतो छडी लगायतका अन्य आवश्यक सामाग्री प्रदान गरेको हो।

सहयोग सामाग्री हस्तान्तरण गर्दै संघकी अध्यक्ष महिमा बमले मानवीय सेवाका लागि गरिने जुनसुकै काममा पनि आफूहरुले सहयोग गर्दै आएको र जहाँ जेको आवश्यकता छ, त्यही चिजको प्राप्तीले मात्र मनमा शान्ति मिल्नेमा जोड दिएकी थिइन।

जनप्रकाश मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, सामुदायिक सेवाकेन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, नेेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी र शिक्षक शालिकराम सुवेदी लगायतले सहयोगी मनहरुलाई स्वागत गर्दै सहयोग दिए वढ्ने र नदिए घट्ने यथार्थकाबारे चर्चा गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width