Worldlink ads

पुम्दीकोट युवा क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
pumdikot yuba club news pic

पोखरा, २० माघ।पुम्दीकोट युवा क्लब पोखरा-२२ द्वारा शनिबार रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भयो। कार्यक्रममा २७ जनाले रक्तदान गरे।

प्रमुख अतिथि प्रदेशसभा सदस्य रामजी बरालले प्रमुख रक्तदाता अमृत बराललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे। त्यस अवसरमा प्रमुख अतिथि बरालले युवावर्गले समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। सोही समारोहबीच प्रदेशसभा सदस्य बराललाई सम्मान गरियो।

कार्यक्रममा पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, नेपाली काँग्रेसका नेता खेमराज पौडेल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, सरिता बराल, रक्तसञ्चार केन्द्रका माधव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका चिकित्सक सहितको टोलीद्वारा १ सय बढीको स्वास्थ्य परीक्षण गरिएको थियो।

क्लब अध्यक्ष सुरज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष ढाकामोहन बरालले स्वागत र सञ्चालन सुमन बरालले सञ्चालन गरेका थिए । उक्त कार्यक्रमका लागि रोट्रयाक्ट क्लबले सहयोग गरेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग