समाजसेवी बास्तोलाको निधन

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
death hemja tirthanath bastola

हेमजा, १६ माघ। पोखरा-२५, हेमजाका समाजसेवी तीर्थनाथ बास्तोलाको आइतबार निधन भएको छ। उनको ६० वषए उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारर क्रममा निधन भएको हो।

३ महिनादेखि जण्डिस र मधुमेहबाट पीडित बास्तोलाको सोमबार हेमजास्थित मर्‍याङघाटमा अन्तेष्टी गरिएको छ। छोरा सुशील र मधुसुदनले दागबत्ती दिए।

स्वर्गीय बास्तोला हेमजास्थित बास्तोला कुल सेवा समितिका अध्यक्ष, कमलजैसी बाटो निर्माण समितिका उपाध्यक्ष, देवीस्थान भजन समूहका कलाकार सदस्य थिए।

उनी पृथ्वीनारायण क्याम्पसको तत्कालीन अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्य, पञ्चायतविरुद्घ आन्दोलनका सहभागी हुनुका साथै नेकपा एमालेका पार्टीसदस्य थिए।

स्व बास्तोलाका श्रीमती, २ छोरा तथा नातिनातिना छन्।

Related News

सम्बन्धित समाचार

hero news full width