राससबाट सुवेदीको बिदाइ

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४
nimduttta

पोखरा, १५ माघ । राष्ट्रिय समाचार समिति, प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट सोमबार बिदाइ गरिएको छ।

राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गरेका सुवेदी उमेर हदका कारण सोमबार बाटै सेवाबाट निवृत्त भएका हुन् ।

पर्वत साविक ठानामौला गाविस (हाल फलेवास ८)मा २०१६ माघ १५ मा जन्मेका सुवेदी पोखरा ९ नयाँ बजार बस्दै आएका छन् ।

सेवा अवधिमा सुवेदीले राससको पोखरा कार्यालय सहित केन्द्रीय कार्यालय र तत्कालिन लुम्बिनी अञ्चल कार्यालयमा सेवा गरेका थिए ।

बिदाइ कार्यक्रममा उपसमाचारदाता वासुदेव पौडेलले कार्यालय प्रमुख सुवेदीले राससमा लामो समयसम्म पुर्‍याएको योगदान प्रशंसायोग्य भएको बताए।

सहायक समाचारदाता हरि बास्तोलाले सेवाबाट निवृत्त भए पनि रासस प्रतिको मायालाई कायमै राख्न आग्रह गर्दै जीवनको सुस्वास्थ्य दीर्घायुको कामना गरे।

कार्यालय सहयोगी भोलानाथ पौडेलले कार्यालयको सेवाका क्रममा सुवेदीसँगको बसाइँका अनुभव व्यक्त गर्दै निवृत्त जीवनलाई अझै क्रियाशीलल बनाउन आग्रह गरे ।

कार्यालय प्रमुख निमदत्त सुवेदीले आफूले राससलाई सधैँ सवोर्परी राखेको बताउँदै भावी दिनमा अझै संस्थाको गरिमा र महत्व बढ्दै जाने उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

hero news full width