परियार परिवारबाट सहयोग याचना

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४
shiva hari help

पोखरा, १३ माघ । मुटुको भल्व समस्याले पीडित पोखरा २४, कास्कीकोटका शिवहरि परियार (सन्देश) ले आफ्नो उपचार सहयोगार्थ आर्थिक सहयोगको याचना गरेका छन् । उनी १ महिनादेखि काठमाडौको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचारत् छन् ।

आफ्ना बाबुआमाको सहारा उनी आफै बिरामी भएपछि परिवारमा ठूलो समस्या भएको बाबु लामा परियार बताउँछन् ।

उनको उपचारार्थ १ महिनाबीचमा करिब १ लाख ५० हजार रुपैयाँ सकिएको र अझै ५ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ ।

शिवहरि बचाउन पोखरामा नारायण सुनार काठमाडौमा सृजन त्रिपाठी र कतारबाट प्रभात त्रिपाठीले सहयोग रकम संकलनमा सहयोग गरेको परिवारजनले जनाएको छ ।

उनलाई सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा शिवहरिकै नाउँको ०४२०५०८०२५८६४७ खाता नम्बरमा रकम संकलन गर्न सकिने अभियानका सहयोग नारायण सुनारले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width