बाँदरमुढे घटनाका ३८ शहीद घोषित

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४

काठमाडौं। सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई समेत शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सशस्त्र द्वन्द्वकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रहृमदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश १ को धरान, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौँ, चोभार, प्रदेश ४ को तनहुँ, दमौली, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width